महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन दार्चुला प्रशासनको आग्रह

दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

maya metro hospital

उक्त क्षेत्रमा पानीको सतह बढ्न गई बाढी आउन सक्ने भएकाले प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

attariya hospital

केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचना जारी गरेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.