खाेज्नुहाेस

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने 

Image

काठमाडौं – घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । यस्तै पूर्ण बैठकले दशैं लक्षित न्यायाधीशहरुको रोस्ट्रम पनि मिलाएको छ ।

navjiwan hospital

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले घटनास्थापना देखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द रहने अन्नपूर्णलाई जानकारी दिए । प्रवक्ता दाहालले भने,’ सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरु घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुनेछन् ।

attariya hospital

विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम मिलाइएको हो । सो समयमा अदालत ११ देखि ३ बजेसम्म खुल्नेछ ।’