बैतडी – चट्याङ लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका ५ खालीबाटाका २७ बर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार साँझ ६ बजेतिर डिलाशैनी ७ स्वाखानीबाट भैंसी किनेर ल्याउँदै गर्दा परेको चट्याङ लागेर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

लुहार संगै चट्याङ लागेर अन्य तिन जना घाइते भएका छन । घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलाशैनी ३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दीपक महर रहेका छन् । चट्याङले भैंसी समेत मरेको छ ।
अहिले प्रहरीको टोली घटनास्थल तर्फ गएको प्रवक्ता प्रहरी निरीक्षक ओझाले बताए ।



















