खाेज्नुहाेस

‘एक प्रहरी एक बिरुवा’ अभियान अन्तरगत अत्तरियामा बृक्षारोपण

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ‘एक प्रहरी एक बिरुवा’ अभियान अन्तरगत अत्तरियामा बृक्षारोपण गरेको छ ।

६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा प्रहरीले प्रदेश ट्राफिक कार्यालय परिसरमा बृक्षारोपण गरेको हो । जसअन्तरगत विभिन्न प्रजातीका ५५ बिरुवा रोपिएको कार्यालयले जनाएको छ । कार्यक्रम प्रहरी उपरीक्षक बामदेव गौतमको उपस्थितिमा सम्पन्न भएको थियो ।

attariya hospital

यसैबिच प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त आयोजनामा अत्तरियामा ३ हजार मास्क वितरण गरिएको छ ।

navjiwan hospital

‘तपाईको मास्क खोई’ अभियान अन्तरगत अत्तरिया बजार क्षेत्र र बसपार्कमा उक्त मास्क वितरण गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक गौतम, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा धनगढीमा पनि निःशुल्क मास्क वितरण गरिएको छ । ‘तपाईको मास्क खै’ अभियान अन्तर जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढीका बिभिन्न क्षेत्रमा करिब ७ सय मास्क वितरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेल प्रमुख आतिथ्यतामा भएको मास्क वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, सुदूरपश्चिम युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवर लगायत समाजसेवी, बुद्धिजीवी, सर्व–साधारणको उपस्थितिमा रहेको थियो ।

दिवसको अवसरमा लिनकालिएको ¥याली धनगढीको ट्राफिक चौराह देखि सुरु भएर पार्क मोडमा पुगेर समापन भएको थियो ।