अत्तरिया – कैलालीका दुई वटा पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयन गरिएको छ ।

जिल्लाको चुरे गाउँपालिका र गोदावरी नगरपालिकामा राप्रपाको नयाँ नेतृत्व चयन भएको हो । बुधबार दुवै पालिकामा भएको अधिवेशनबाट चुरे गाउँपालिकाको अध्यक्षमा कमल बम रजवार र गोदावरी नगरपालिकाको अध्यक्षमा दुर्गा कुमार पोखरेल चयन भएका छन ।

अधिवेशनले दुवै पालिकाको अध्यक्ष मात्रै चयन गरेको गोदावरी नगरपालिकाका नवनिर्वाचित अध्यक्ष दुर्गा कुमार पोखरेलले जानकारी दिए । उनले अधिवेशनबाट चयन भएका अध्यक्षहरुले नै कार्यसमिति छनौट गर्ने बताए ।















