अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नं. ३ मा रेविज विरुद्धको निशुल्क भ्याक्सीनेशन कार्यक्रम आयोजना गरिएको छ । १५औ विश्व रेविज दिवशको अवसर पारी नगरपालीकाको पशु सेवा शाखाले कार्यक्रमको आयोजना गरेको हो ।
‘रेबिज : तथ्य बुझौ, त्रसित नहोऔ’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा २५ महिला र ४० पुरुष गरी ६५ जनाका ६८ वटा कुकुर र ९ वटा सामुदायीक कुकुर गरी ७७ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक टेक बहादुर शाहुले बताए ।



यही असोज ६ गतेदेखी पशुपंक्षि उपचार केन्द्र गेटा र अत्तरियाबाट नियमीत खोप लगाउदै रेविज सप्ताह मनाईरहे पनि दिवशको अवसरमा मंगलबार निशुल्क खोप कार्यक्रम आयोजना गरेको उनले बताए ।
उनले गोदावरी नगरपालिका वडा नं. ११ र १२ को पायक पर्ने स्थानमा केही दिन भित्रै कार्यक्रम आयोजना गरिने बताए ।
वडा नं. ३ का वडाध्यक्ष मोहन बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा. तपेन्द्र प्रसाद बोहरा, रिटायर्ड डा. डिकरदेव भट्ट सहित पशु सेवा शाखाका कर्मचारी र नगरक्षेत्रमा रहेका भेटेरीनरी प्राविधिकहरुको सहभागीता रहेको थियो ।














