अत्तरिया – जबरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएर फरार रहेका प्रतीवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीले जबरजस्ती करणी मुद्दामा १२ बर्ष कैद सजाय सुनाएका धनगढी उप–महानगरपालीका – १ का २१ बर्षीय तुषार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई अस्थाई प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका चौधरीलाई कैलाली जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

उनलाई अदालतले दोषी ठहर गर्दै २०७७ फागुन १९ गते १२ बर्ष कैद सजाय तोकेको थियो ।

















