अत्तरिया – लामो समयको प्रतिक्षापछि अन्ततः आजदेखि अत्तरिया चोक कालोपत्रेको काम सुरु भएको छ । करिब २ बर्ष देखि हिलाम्मे र धुलाम्मे बन्दै आएको चोकमा आज कालोपत्रे हाल्न लागिएको हो ।


मोहना अत्तरिया ६ लेन सडककै स्तरको हुने भनीएको कालोपत्रे अन्तरगत पहिलो लेयर डिबिएम हाल्न लागिएको सडक डिभिजन कार्यालय महेन्द्रनगर सव ईन्जिनियर देवेन्द्र स्वारले बताए । उनले ५ सेन्टिमिटरको डिबिएम गरिने र त्यसपछि थप ५ सेन्टिमिटर माथिबाट असफाल्ट गरिने बताए । मौसमले साथ दिएमा एक सात भित्र कालोपत्रे सम्पन्न गरिने सब ईन्जिनियर स्वारले बताए ।चोक राउन्डिङको भागमा आज डिबिएमको काम सकिने जनाइएको छ ।

चोकको राउण्डिङ भाग ७ मिटर चौडाई रहेको छ ।चोक मर्मतका लागि भुवन निर्माण सेवा प्राली धनगढीले ९० लाखमा ठेक्का पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत मर्मत भईरहेको चोक कर्मतको काम जेठ अन्तिम साताबाट सुरु भएको थियो ।

चोक मर्मतको काम बैशाख देखि सुरु गरेर असार मसान्त सम्म सक्ने गरि सम्झौता गरिएको भएपनि कोरोना महामारी र बर्षातका कारण ढिलो गरी कालोपत्रेको काम सुरु भएको हो । मोहना अत्तरिया ६ लेन सडक निर्माण पछि गहिरो बनेको अत्तरिया चोकको अहिले उचाई समेत बनाईएको छ ।


अत्तरिया चोक सम्बन्धि यसअघि प्रकाशित समाचार
बैसाख देखि अत्तरिया चोक मर्मतको काम सुरु गरिने
नाली नबनाई अत्तरिया चोकमा कालोपत्रे गर्ने तयारी
सुरु भयो अत्तरिया चोक मर्मतको काम
यसरी हुँदैछ अत्तरिया चोक मर्मतको काम (फोटोफिचर)
असारे विकासको नमूना बन्यो अत्तरिया चोक


















