अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा नगर स्तरिय ‘गोदावरी वडा अध्यक्ष कप’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘बहुमुखी कला मन्दिर’ को १४ औं बार्षीकोत्सव तथा तिहारको अवसर पारेर कार्तिक १६ देखि १९ गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता गोदावरी नगरपालिका वडा – ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा अन्तर वडा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बहुमुखी कला मन्दिरका अध्यक्ष राम बहादुर बोगटीले जानकारी दिएका छन ।

भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार २५ हजार ५ सय २५, तृतीय पुरस्कार ११ हजार १ सय ११ र व्यक्तिगत विधामा २ हजार २ सय २२ नगत रुपैयाँ सहित सम्पूर्ण विजयी टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

उक्त अवसरका गोदावरी खुला पुरुष सडक दौड प्रतियोगीता (५ किमि) र नगरस्तरिय मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने जनाइएको छ । दौड प्रतियोगितामा विजयी प्रथम द्वितीय तृतीय खेलाडीहरुलाई क्रमशः नगद १० हजार १ सय, ५ हजार ५ सय, ३ हजार ३ सय नगद रुपैयाँका साथै साथै ट्रफी, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष बोगटीले दिएका छन ।
हाजिरी जवाफ प्रतियोगिताका बिजयी समूहहरुलाई भने ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता गोदावरी– ३ मुक्तिनगर स्थित मुक्ती आधारभूत विद्यालयको प्राङ्गणमा हुने जनाइएको छ ।
आयोजकले टिम तथा खेलाडी दर्ता फारम बहुमुखी कला मन्दिरको फेसबुक पेजमार्फत अनलाइनमा नै भर्न सकिने जनाइएको छ । यस्तै फारम भर्न गोदावरी – ३ मुक्तिनगरमै अवस्थित अंशु मोबाइल ग्यालरीबाट फारम लिएर सोही स्थानमा नै बुझाउने सकिने जनाइएको छ ।




















