खाेज्नुहाेस

 दुई वर्षमै बिग्रिए दार्चुलाको खलङ्गामा जडान गरिएका सिसीटिभी क्यामेरा

Image

दार्चुला– दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्षपहिले जडान गरेका सिसीटिभी क्यामेरा बिग्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलङ्गाका विभिन्न आठ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको थियो। विसं २०७६ असार २२ गते महाकाली नगरपालिकाले खलङ्गा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ भन्दै सिसीटिभी क्यामेरा जडान गरेको हो ।

attariya hospital

जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको थियो ।
जडान गरिएका सबै सिसीटिभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुनसकेका छैनन् ।

“चार महिनादेखि सिसीटिभी क्यामेरा चलेका छैनन”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने, “मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छ, मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन ।”
सिसीटिभी क्यामेरा जडान गर्न भारतबाट प्राविधिक ल्याइएको थियो । मर्मतका लागि पनि उतैबाट ल्याउनुपर्ने भए पनि अहिलेसम्म मान्छे मगाउन नसक्दा सदरमुकाम खलङ्गामा अपराध निन्त्रणमा प्रहरीलाई समस्या हुन थालेको छ । सिसीटिभी जडानपछि प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो ।

navjiwan hospital

जडान गरिएको छोटो समयमै सिसीटिभी बिग्रिएपछि प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिमसमेत बढ्दै गएको सूचना अधिकारीसमेत रहका प्रहरी निरीक्षक चन्द बताउँछन् । बजारमा रातिको समयमा हुने अपराध पत्ता लगाउन सिसीटिभी सहयोगी बनेका थिए, तर जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिँदै गएको उनको भनाइ छ ।

दार्चुला– दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्षपहिले जडान गरेका सिसीटिभी क्यामेरा बिग्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलङ्गाका विभिन्न आठ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको थियो। विसं २०७६ असार २२ गते महाकाली नगरपालिकाले खलङ्गा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ पु¥याउन भन्दै सिसीटिभी क्यामेरा जडान गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको थियो ।

जडान गरिएका सबै सिसीटिभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुनसकेका छैनन् । “चार महिनादेखि सिसीटिभी क्यामेरा चलेका छैनन”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने, “मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छ, मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन ।”

रासस