कञ्चनपुर – महेन्द्रनगरका युवाहरुको समुहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् । युवाहरुले उपचारका लागि औषधिजन्य सामाग्री र आर्थिक सहयोग गरेका हुन् ।

महेन्द्रनगरस्थित आई केयर यु नामक संस्थाले डेढ दशकदेखि घाइते कुकुर र गाई गोरुको उपचार गर्दै आएको छ । त्यस्ता चौपायालाई घरमै राखेर निको भएपछि मात्रै छाडने गरेको छ । करिब एक दशकदेखि आई केयर यु ले निश्वार्थ रुपमा यो काम गरिरहेको हो ।

युवाहरुले ५८ हजार ४ सयको औषधिजन्य सामाग्री र ५ हजार औषधीकै उधारो तिरेका हुन् । विभिन्न पेसा र व्यवसायमा संलग्न युवाहरुले स्वस्फुर्त रुपमा आर्थिक संकलन गरेर उक्त सहयोग गरेका हुन् ।



















