
अत्तरिया– दार्चुलाबाट प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार अभद्र व्यवहार गर्न नहुने मुद्दामा बाजुराको महाकाली नगरपालिका– ४ बस्ने २२ वर्षिय भुपेन्द्र सिँह कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
कुँवरलाई जिल्ला अदालत दार्चुलाको मिति २०८२ पुष २३ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने मुद्धामा ८ महिना ११ दिन कैद सजाय र ९ हजार रुपैया जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले कुँवरलाई आफ्नै घरठेगानाबाट पक्राउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
















