कञ्चनपुर – कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने गिरोहका एक जना पक्राउ परेका छन । भारतीय प्रहरीले भारतका अर्जुन कुमारलाई पक्राउ गरेको हो ।
सोमबार राती दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सीमामा तस्करी रोक्न खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समुहले ढुङ्गामुढा सहित आक्रमण गरेका थिए ।


सोही घटनामा संलग्न एक जना पक्राउ परिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिएका छन ।
‘हामीले सशस्त्र प्रहरीमाथि कुटपिट गर्ने गिरोहलाई पक्राउका लागि हिजै भारतीय पक्षसँग पत्राचार गरेका थियौँ,’ उनले भने, ‘मुख्य आक्रमणकारी पक्राउ परिसकेका छन् ।’
भारतीय तस्कर समूह सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेर भारततिरै भागेको थियो । मोटरसाइकलमा चिनी तस्करी गरिरहेका वेला सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरूले सशस्त्र प्रहरीमाथि ढुंगामुढा र लाठी प्रहार गरेका थिए ।
घाइते सशस्त्र प्रहरी दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि काममा फर्किसकेका छन् ।

















