बैतडी – बैतडीमा महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन । नदीमा बगेर दार्चुलाको लेकम गाउँपालिका ३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका हुन ।

उनी झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट १ किलोमिटर उत्तरको बाटोबाट महाकाली नदी खसेर बेपत्ता भएका बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिएका छन ।

बेपत्ता भएका टमाटाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

















