रमेश बहादुर सिह/ बझाङ – कृषि ज्ञान केन्द्र बझाङले विज्ञान दिवसको अवसर पारेर शनिबार २५ रोपनी जमिनमा शरदकालिन आलु रोपेको छ । जिल्लाको केदारस्यु गाउपालिका – १ को रायलमा २५ रोपनी जमिनमा २५ कुन्डल शरदकालिन आलु रोपेको हो ।
५० हजार सरकारी अनुदान र ५० हजार किसान स्वयमको लगानीमा रोपिएको आलुमा उपचार सहित सामुिहक सिकाई प्रयास होस भन्ने मान्यताले ओजेटिका १५ विद्यार्थी, ज्ञान केन्द्रका कर्मचारी, आलु जोनका प्रतिनिधि र समुदायमा रहेका किसानहरुले सामुिहक रुपमा आलु रोपेका हुन ।



आलु मिसन कार्यक्रम अन्तरगत जिल्लाको संस्यु देखि तलकोट गाउँपलिकाको भाटगाउँ सम्म २० रुपियाँ प्रति केजी अनुदानमा ४ सय कुन्डल वितरण गर्ने र जिल्लालाई आत्मनिर्भर बनाउने उद्वेश्यका साथ यो कार्यक्रम अगाडि बढाईएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताए ।
९० दिन अर्थात ३ महिनाको समया अवधि भित्र फलिसक्ने उक्त आलुबाट १० लाखको आम्दानी गर्न सकिने प्रमुख बिष्टले बताए । जिल्लाका अरु ठाउँमा पनि रोप्नका लागि शरदकालिन आलुको ४ सय कुन्डल बीउ १÷२ दिनमा जिल्ला भित्रिने र त्यसपछि जिल्लाका अरु ठाउँमा वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।


















