धार्मीक एवम् प्रर्यटकिय क्षेत्र कैलालीको गोदावरीमा नियमित सरसफाइ नहुँदा कुरुप बनेको छ । पवित्र क्षेत्र गोदावरीमा जताजतै फालिएको फोहोर देख्दा शरिर नै जिरिङ्ग हुने अवस्था छ ।

गोदावरीमा बिभिन्न चाडपर्वहरुमा मेला लाग्ने र मेलाको समयमा भएको फोहोर नहटाईदा सो क्षेत्र झन कुरुप बन्ने गरेको छ । पछिल्लो पटक हरीतालिका तिज र ऋषिपञ्चमीको लागि गोदावरमा मानिसहरुको भिड लागेको थियो । सो समयमा दर्शनार्थिहरुले नै जताततै फालेका फोहर समेत अझै उठ्न सकेको छैन ।


यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको ठूलो धार्मिक महत्व रहेको छ । ठूलो धार्मिक महत्व बोकेको यस क्षेत्रमा फोहरमैला व्यवस्थापनमा भने ध्यान नदिईदा यो क्षेत्र कुरुप देखिने गरेको छ ।




























