अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट साढे ४ लाख बराबरको अबैध सामान बरामद गरेको छ ।

प्रहरीले धनगढी उप–महानगरपालिका – ९ स्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार चोरी गरी ल्याएका ४ लाख ५१ हजार २ सय ७५ रुपैयाँ बरबरका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामान भन्सार ऐन बमोजिम कारवाहीका लागि सोमबार भन्सार कार्यालय कैलालीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



















