खाेज्नुहाेस

गोदावरी – ११ र १२ मा बाढीपहिरोले क्षती पु-याएका स्थानको अनुगमन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ र १२ मा बाढीपहिरोले क्षती पु-याएका स्थानको अनुगमन गरिएको छ ।

गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद, वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्का, वडासदस्य बाली साउँद, समाजसेवी गणेश जिमि साउँद लगायतको टोलीले वडा नं. ११ र १२ मा बाढीपहिरोले क्षती पु-याएका स्थानको अनुगमन गरेको हो ।

attariya hospital
navjiwan hospital

टोलीले टुडेला खोला झोलुङ्गे पुल, बाबन काडा बस्ती, बादी बस्ती र गोदडा बस्ती कटान, कोलमुडा बडि कुलो, सोटेस कुलो, चौकिगडा कुलो तथा खोलाले बगाएका खेतहरुको अनुगमन गरेको समाजसेवी गणेश जिमि साउँदले जानकारी दिए ।

यसका साथै पहिरो जाँदा खतरामा रहेको स्थानिय गोपाल डाँगीको घर, खत्री टोल नजिकको पहिरो, खोलाले बगाएका घर कुलो, खानेपानी लगायतको अनुगमन कार्य गरिएको उनले बताए ।

अनुगमन पश्चात नगरप्रमुख हरि सिँ साउँदले तत्काल प्राविधिक पठाएर आवश्यक कामको थालनि अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।