काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी एकताको वातावरण बन्दै गर्दा माधव नेपालले एकलौटी रुपमा नयाँ पार्टी दर्ता गरेको आरोप लगाएका छन् ।

अछामका एमाले नेता कार्यकर्तासँग काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘हामीले पार्टी अध्यक्ष ओलीसँग कुराकानी गरेर माधव जीसँग वार्ता गर्न तयार बनाएका थियौँ । तर, माधवजीले भित्रभित्रै हस्ताक्षर संकलन गरेर नयाँ पार्टी बनाउनुभएछ, पार्टीभित्र आलोचना र विरोध हुन्छ । त्यसो हुँदैमा पार्टी फुटाउनुपर्ने अवस्था आउँदैन ।’

माधव नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाएर समेत ओली एकता जोगाउन तयार भएको रावलले बताए । उनले भने, ‘उहाँले नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार हुनुभयो । वार्ताको वातावरण बनायौँ तर, हुन सकेन, पछि उहाँले अध्यक्ष बन्दिनँ भन्नुभयो ।’
विवाद समाधान कार्यदललाई दोस्रो अध्यक्ष बनाउने भन्ने कार्यादेश नै नभएको उनको भनाइ थियो । ओली र नेपाललाई एक एक बुँदा पढेर सुनाएर १० बुँदे सहमति भएको दाबी गर्दै रावलले शीर्ष नेताहरुकै कारणले एकताको वातावरण नबनेको आरोप लगाए ।प्रतिबद्ध भएर पार्टी एकताको पक्षमा लाग्न निर्देशन दिए ।




















