खाेज्नुहाेस

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका ५ नेता पार्टीबाट निस्कासित

Image

अत्तरिया –राष्ट्रिय जनमोर्चाले पार्टीमा आवद्ध सुदूरपश्चि प्रदेशका ५ नेतालाई निस्कासित गरेको छ । पार्टी बिरोधी काम गरेको भन्दै जनमोर्चाले ५ नेतालाई साधारण सदस्य समेत नरहने गरी अनिश्चितकालका लागि निश्कासित गरेको हो ।

धनगढीमा आयोजित प्रत्रकार सम्मेलन मार्फत जारी प्रेश विज्ञप्तीमा जनमोर्चाले केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरू लक्षीराम आचार्य (कैलाली), केशवनाथ योगी (डोटी) र गोविन्द विक (कञ्चनपुर) लाई कारबाही गरेको उल्लेख छ ।

attariya hospital
navjiwan hospital

जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टद्वारा जारी विज्ञप्तिमा भदौ ८ र ९ गते सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको नाममा केही व्यक्तिहरुले भेला गरी पार्टी फुटाउने गतिबिधि गरिएको उल्लेख छ ।

यसअघि भदौ ८ र ९ गते जनमोर्चाका प्रदेश कमिटी उपाध्यक्ष रहेका लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन गरिएपछि जनमोर्चामा बिवाद वाहिर आएको थियो ।

उनीहरुले प्रदेश अध्यक्ष नन्दलाल भट्ट समूहलाई हटाएर नयाँ कमिटी गठन गरिएको जनाएका थिए । नयाँ कमिटीको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आचार्य, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी चयन भएका थिए ।