अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।से ३ प ५४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा कृष्णपुर नगरपालिका वडा नम्बर २ का गोपी चौधरी र मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका तीर्थबहादुर साउँद घाईते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा बताएका छन ।

घाईतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















