खाेज्नुहाेस

हातमा सन्देश मुलक पम्पलेट बोकेर मनाइयो अत्तरियामा युवा दिवस

Image

अत्तरिया – ‘अन्तर्राष्ट्रिय युवा दिवस’ अत्तरियामा पनि मनाइएको छ । अत्तरिया क्षेत्रका युवाहरुले हातमा बिभिन्न सन्देशमुलक नारा लेखिएका पम्पलेट बोकेर दिवस मनाएका हुन । बिभिन्न रचनात्मक काम गर्दै आएको त्रिनयन खोज अनेक समितिको आयोजनामा उपस्थित युवाहरुले सरोकारवालाहरुलाई युवाका मागका बिषयमा दवाव दिने खालका नारा लेखिएका पम्पलेट बोकेका थिए ।

उनीहरुले ‘युवा परिवर्तनको साधन मात्र होईनन्, देश चलाउने साध्य पनि हुन’, ‘युवाको माग उद्यमशिल समाज’, ‘मिलाउ हातमा हात कर्मठ युवा जिन्दावाद’, ‘युवामा गरौं लगानी, जिम्मा लिन्छ देश बनाउने’, ‘बन्द गरौ पठाउन विदेश पीडित युवाको आदेश’ लगायतका नारा लेखिएका व्यानर बोकेका थिए ।

attariya hospital

navjiwan hospital

उक्त कार्यक्रममा जेसिज बर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारी, त्रिनयन खोज अनेक समिति अध्यक्ष जय धामी, थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझा लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

यस बर्ष ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैं छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।

सम्बन्धित समाचार : के चाहन्छन अहिलेका युवा ?