धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ९प्रहरी नायव महानिरीक्षक० सानुराम भट्टराई बीच भेटघाट भएको छ।

मुख्यमन्त्री शाह र प्रदेश प्रहरी प्रमुख भट्टराई बीच मंगलबार भेटघाट भएको हो ।

भेटमा भर्खरै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका भट्टराईलाई मुख्यमन्त्री शाहले सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
भेटघाटका क्रममा प्रदेशको शान्ति–सुरक्षा सुदृढीकरण तथा सुशासन प्रवर्द्धनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
















