खाेज्नुहाेस

प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण

Image

धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजि सानुराम भट्टराई नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक भट्टराईले कार्यालय अन्तर्गतका विभिन्न शाखाहरू, प्रहरी गतिविधि, अभिलेख व्यवस्थापन, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सम्बन्धी कार्यहरूको अवलोकन गरेका थिए ।

navjiwan hospital

निरीक्षणपश्चात् आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री तथा व्यावसायिक सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन दिए । जनगुनासोको तत्काल सम्बोधन गर्न, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन, अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग बढाउन तथा फरार प्रतिवादी पक्राउ र अपराध नियन्त्रणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन उनले आग्रह गरे ।

attariya hospital

त्यसैगरी, नागरिकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सेवाग्राहीप्रति शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिँदै उनले संगठनको गरिमा उच्च राख्ने गरी इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी संगठनको सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित रूपमा अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।