खाेज्नुहाेस

चोरी मुद्दाका फरार रहेका गाेदावरीका एक युवक पक्राउ

Image

अत्तरिया – चोरी मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको २०८१ चैत १२ गतेको फैसलाले चोरी मुद्दामा ३५ दिन कैद सजाय र ३ हजार रुपैयाँ जरिवाना तोकिएका कैलालीको गोदावरी नगरपालिका–३ ढकवा निवासी २६ वर्षीय नविन टमटालाई प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ गजरौलाबाट उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका टमटालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।