अत्तरिया– कञ्चनपुरबाट प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्लाको भीमदत्त नगरपालिका– १ का विभिन्न स्थानबाट प्रहरीले ४ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले सो वडास्थित बाराकुण्डा बस्ने योगी धामी र सोही ठाउँका प्रकाश भण्डारीलाई ६ ग्राम ८९० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । योगी धामीको घरमा शंकास्पद रुपमा रहेका उनिहरुलाई चेकजाँचका क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यस्तै सोही वडास्थित भाँसी बस्ने बालचन्द्र धामी र भीमदत्त नगरपालिका– १० बस्ने गणेश बिष्टलाई पनि प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । वडा नं. १ भासीस्थित दुवै जना भाडामा बस्ने कोठामा शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनिहरुको साथबाट १७० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथी आवश्यक कारबाही भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


















