खाेज्नुहाेस

खुटियामा गिट्टि कुटेर जिवन निर्वाह गर्ने २१ परिवारलाई खाद्यान्न सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ मा रहेको खुटिया खोलामा गिट्टि कुटेर जिवन निर्वाह गर्ने परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

गिट्टि कुटेर दैनिकि गुजार्ने २१ परिवारलाई कोरीयाली नागरिक सिअलमीको आर्थिक सहयोगमा खाद्यान्न सहयोग गरिएको हो ।

attariya hospital
navjiwan hospital

मष्टाधाम व्यवस्थापन समितिको व्यवस्थापन तथा सहजीकरण र नगरपालिकाको स्वास्थ्य शाखाका निवर्तमान शाखा प्रमुख विर बहादुर कुँवरको समन्वयमा २१ परिवारका ५७ जनाका लागी खाद्यान्न सहयोग गरिएको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए ।

कोरोना महामारीका कारण दैनिक छाक टार्ने समस्याले ग्रसित परिवारलाई खाद्यान्न प्रदान गरिएको उनले बताए ।

उक्त परिवारहरुलाई नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँदले खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा स्थानिय कर्ण बोगटी, प्रकाश कुँवर, धन बहादुर बिक, कृष्ण जिमि साउँद लगायतको सहभागीता रहेको थियो ।