खाेज्नुहाेस

सुदूरपश्चिम कोरोना अपडेट : ४३ संक्रमित थपिदा ५१ निको भए 

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार ४३ कोरोना संक्रमित थपिदा ५१ संक्रमित निको भएका छन । पछिल्लो २४ घण्टामा ४ सय ८० नमूनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा ६ जना र २ सय १० नमूनाको पीसीआर बिधिबाट परिक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ३ सय २४ पुगेको छ । जसमध्ये ३५ हजार ९ सय १९ जनाले कोरोना जितेका छन ।

attariya hospital

स्वास्थ्य निर्देशनाल डोटीले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हाल प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ७६ रहेको छ ।