अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालीका सेभ हाउसमा रहेका बालबालीकाहरुलाई लुगा सहयोग गरिएको छ ।

आफ्नो जन्मदिनको अवसरमा सेभ हाउसमा आश्रित ५५ जना बालबालीकाहरुका लागी स्थानिय युवा कृष्ण जिमि साउँदले लुगा सहयोग गरेका हुन ।

जन्मदिनको अवसर फाल्तु खर्च गर्नुभन्दा अनाथ एवम् असहाय बालबालीकाहरुलाई सहयोग गर्नु उपयुक्त ठानेर उक्त सहयोग गरेको साउँदले बताए ।
उनले पार्टीमा खर्च हुने रकमले कसैको भलो हुन सक्ने बताए । सेभ हाउसमा रहेका ५५ जना बालबालीकाहरुका लागी उनले ५५ पिस लुगा सहयोग गरेका हुन ।














