खाेज्नुहाेस

कैलालीमा गाईसँग मोटरसाइकल ठोक्किदा ३ जना घाईते, गाईको मृत्यु

Image

धनगढीमा – कैलालीमा गाईसँग मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन ।

navjiwan hospital

धनगढीबाट अत्तरियातर्फ आउदै गरेको से १ प ८९९५ नम्बरको मोटरसाईकल जिल्लाको गोदावरी नगरपालिका – ५ गेटास्थित मोहनापुल अत्तरिया ६ लेन सडकमा मंगलबार राति गाइसँग ठोक्किँदा मोटरसाइकल चालकसहित ३ जना घाइते भएका हुन ।

attariya hospital

घाईते हुनेमा नगरपालिकाको वडा नं. ५ का २६ वर्षिय रोशन कठायत, ३८ वर्षिय खेम भट्ट र ४५ वर्षिय लोकराज भट्ट रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उक्त ठक्करबाट गाइ घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।