चुरे – कैलालीको चुरेमा ट्रक दुर्घटना भएको छ ।

चुरे शनिबार राति करिब १ बजेतिरको समयमा अत्तरीयाबाट खोड्पे जाज्दै गरेको मालवाहक ट्रक चुरे गाउँपालिका –५ स्थित गोपालेमा दुर्घटना भएको हो ।

नं. ५ प ८००७ नम्बरको उक्त ट्रक अनियन्त्रित भई दुर्घटना भएको र चालक गोदावरी नगरपालिका – २ तेघरीका २९ वर्षीय लोकराज भट्टराई र सह चालक बैतडीको पाटन नगरपालिका खोड्पेका अन्दाजी २३ वर्षीय नवीन कुँवर सकुशल रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

















