कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ को वडाकार्यालय भवनको उद्घाटन गरिएको छ ।
बुधबार एक औपचारीक कार्यक्रमका बिच नगरप्रमुख कर्ण बहादुर हमालले रिबन काटेर वडा कार्यालय भवनको उद्घाटन गरे ।

उद्घाटन पश्चात बोल्दै नगरप्रमुख हमालले विवाद रहित रुपमा वडा कार्यालयको भवन निर्माण गरेकोप्रति वडाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरे ।
उनले वडा कार्यालयको उक्त प्रशासनिक भवनबाट सहज रुपमा वडाबासीहरुलाई सेवा प्रवाह गर्न सकिने बताए । आफु निर्वाचित भएर आईसकेपछि नगरमा विभिन्न विकाश निर्माणका कार्यहरु भएको बताउदै उनले केही कार्यहरु आपसी विवादका कारण सञ्चालनमा आउन नसकेको बताए ।
‘स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आईसकेपछि नगरपालिकामा विभिन्न कार्यहरु भएका छन’ उनले भने ‘चुनावको बेला हामीले गरेका प्रतिबद्धताहरु, चुनावी घोषणापत्रमा उल्लेख गरेका कुराहरु निर्वाचित भएर आएको चौथो वर्षसम्म आईपुग्दा पुरा गरिसकेका छौ ।’
केही दिर्घकालिन वहुवर्षिय योजनाहरुको भने थालनी गरेको उनले बताए । बाँकी रहेको एक वर्षमा छुटेका केही योजनाहरुलाई पुरा गर्ने लक्ष्य रहेको नगरप्रमुख हमालले बताए ।
उनले विवादरहित रुपमा कार्य गर्न दिईएको भए नगरमा धेरै जसो विकाशनिर्माणका कार्यहरु भैसक्ने उनले बताए । उनले विकाश निर्माणका कार्यमा हुने त्रुटीलाई कम गर्न पटक पटक सम्बन्धीत निकायलाई खबरदारी गर्नु स्थानियबासीको कर्तव्य भएको बताउदै राम्रो कार्य गर्नेलाई प्रोत्साहन गर्न पनि जरुरी रहेको बताए ।
उनले निर्वाचित भएर आएदेखी नगरका ९ वटा वडामध्ये ६ वटा वडाका भवनहरु निर्माण गरिसकेको बताउदै बाँकी रहेका ३ वटा वडाका भवनहरु पनि यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भैसकेको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख रमिता राना बडायकले विरोध नआई वडा कार्यालय को भवन निर्माण सम्पन्न हुनु खुसीको कुरा भएको बताईन । उनले काम गर्दा विरोध गर्ने परिपाटीले विकाश निर्माणका कार्यलाई पनि प्रभाव पारेको बताईन । विकाश कार्यमा अवरोध गर्दा आफैलाई नोक्सान हुने बताउदै उनले राम्रो कार्यमा सहयोग र नराम्रो कार्यमा खबरदारी गर्न आग्रह गरीन ।
यस्तै वडाध्यक्ष जयनारायण जोशीले ईच्छा शक्ति भए मानिसले जुनसुकै कार्य पनि गर्न सक्ने बताए । ईच्छा शक्ति दृढ बनाएर कुनै एक लक्ष्य लिई अगाडी बढ्यो भने कुनै पनि कार्य असम्भव नभएको उनले बताए ।
वडा कार्यालयको भवन बनाउने दृढ सोचका साथ आफु पनि यसमा होमिएको बताउदै उनले आफ्नो लक्ष्यलाई मुर्त रुप दिएको बताए । आफुले वडामा कार्य गर्दै गर्दा वडाबासीको भरपुर साथ र सहयोग पाएको उनले बताए । उनले वडा कार्यालयको प्रशासनिक भवन बनाई बडाबासीलाई सहज र सरल रुपमा सेवाप्रभाव गर्ने आफ्नो ईच्छा पुरा भएको बताए ।
नगरपालिकाले २०७८ बैशाखमा भवन हस्तान्तरण गर्ने गरी कञ्चनपुरको भिमदत्तमा रहेको रश्मि विल्डर्सलाई वडाकार्यालयको भवन निर्माणको कार्यादेश दिएको थियो ।
२०७६ मंसिर १५ गते भवन निर्माणको कार्यादेश पाएको रश्मि विल्डर्सले निर्धारित अवधीभन्दा ३ महिना ढिलो गरी भवन हस्तान्तरण गरेको हो । यता निर्माण कम्पनिले कोरोनाका कारण वडा कार्यालयको भवन निर्माण कार्यमा केही ढिलाई हुन पुगेको बताएको छ ।
निर्माण कम्पनि रश्मि विल्डर्सका प्रतिनिधि शक्ति पन्त विष्टले समयमै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कार्य थालनी गरिएको भएपनि कोरोना महामारीका कारण केही समय ढिलाई भएको बताए ।
कोरोनाको महामारीका समयमा निर्माणको कार्य ठप्प भएपछि भवन निर्माणको लागी नगरपालिकासँग थप ३ महिनाको समय मागेको र सो समय भित्रै भवन हस्तान्तरण गरेको उनले बताए ।
वडाध्यक्ष जोशीको सभापतित्वमा आयोजित भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख हमाल रहेका थिए । कार्यक्रममा उपप्रमुख रमिता राना लगायत अन्य विभिन्न दलका प्रतिनिधी, वडाका प्रतिनिधि एवम् स्थानियहरुको सहभागीता रहेको थियो ।
वडासदस्य काशिराम जैशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी गणेश सिँह ऐरीले गरेका थिए ।


















