टीकापुर – लागुऔषध ‘खैरो हेरोइन’ सहित कैलालीको टीकापुरबाट एक युवक पक्राउ परेका छन । ५ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन सहित लम्कीचुहा नगरपालिका–१० बस्ने २४ वर्षीय हिरासिंह चौधरी पक्राउ परेका हुन ।



उनलाई आइतबार साँझा से ४ प ४३४५ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गर्दा टिकापुर नगरपालिका–७ कालाकुण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आरोपी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















