खाेज्नुहाेस

लागु औषध सहित टीकापुरबाट २ जना पक्राउ

Image

धनगढी – लागु औषध सहित टीकापुरबाट २ जना पक्राउ परेका छन । लागु औषध खैरो हिरोईन सहित टीकापुर बैदीका ३६ वर्षीय लोकेन्द्र साउँद र २८ वर्षीय धन सिंह सुनार पक्राउ परेका हुन ।

navjiwan hospital

उनीहरुलाई टीकापुर नगरपालिका – ६ नारायनपुरबाट १४.९७ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन ।

attariya hospital

उनले झोलाबाट प्लाष्टीकको झिल्लीभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको बताए । उनीहरुमाथि लागु औषध अन्तरर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धानकार्य प्रहरीले जनाएको छ ।