खाेज्नुहाेस

सेती कोरोना अपडेट : २४ घण्टामा २४ संक्रमित थपिए

Image

अत्तरिया – सेती प्रादेशिक स्पतालमा गरिएको कोरोना परिक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ नमूनाको कोरोना परिक्षण गरिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

attariya hospital

हाल अस्पतालमा १४ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जना आइसियुमा उपचार गरिरहेका छन । अस्पतालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।