बझाङ – बझाङमा बालीकालाई बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका – ७ का ६१ वर्षिय जगदिश जोशीलाई यही असार २७ गते प्रहरीले पक्राउ गरेको हो ।


असार १८ गते गाउँकै पाँच वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा जोशीलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जवजस्तीकरणीको उजुरी गरेका थिए ।
घटनाबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

















