खाेज्नुहाेस

बैतडीमा एकैदिन ३० कोरोना संक्रमित थपिए

Image

बैतडी – बैतडीमा एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको कोरोना परिक्षणमा ३० संक्रमित थपिएका हुन ।

जसमध्ये दोगडाकेदार गाउँपालिकाका १७ जना, दशरथचन्द नगरपालिकाका २ जना, पुर्चौंडी नगरपालिकाका २ जना, सिगास गाउँपालिकाका १ जना, पाटन नगरपालिकाका एक जना र मेलौली नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

attariya hospital
navjiwan hospital

अस्पतालमा गरिएको परिक्षणमा बझाङका ५ जना र मुगुका एकजनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो संगै बैतडी सक्रिय संक्रमितको संख्या पनि बढेर १ सय २२ पुगेको छ । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ४० जना, पाटन नगरपालिकामा २२ जना, दशरथचन्द नगरपालिकामा १४ जना, डिलाशैनी गाउँपालिकामा १० जना र सुर्नया गाउँपालिकामा ९ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा ७ जना, शिवनाथ गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका १० जना सक्रिय संक्रमित रहेका छन् ।