काठमाडौं – संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् ।

नेपाल आयल निगममा ज्ञापन पत्र बुझाउँदै विद्यार्थी नेताहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गरेका हुन् ।

विद्यार्थीहरुले विभिन्न शीर्षकमा असुलिने करको दायरा घटाएर उपभोक्तालाई सहुलियत मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्न मागसमेत गरेका छन् ।




















