खाेज्नुहाेस

भारतमा १३ वर्षीया बालिकाले जन्माईन बच्चा, ब्ल्याकमेल गरेर बलात्कार

Image

एजेन्सी – भारतको पश्चिम बंगालमा सात कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएकी छन् । १३ वर्षीया बालिकालाई ब्ल्याकमेल गरेर सहपाठीले बलात्कार गरेको खुलासा भएको छ ।

घटनापछि आरोपी सहपाठी आफ्नो परिवारको साथमा बंगलादेश भागेका छन् । आरोपीका हजुरबुवा बंगलादेशमा बस्ने गरेका छन् ।

attariya hospital
navjiwan hospital

पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् । उनले छोरीको अन्तरङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले जनाएको छ ।