अत्तरिया – कैलालीमा जारी निषेधाज्ञा साउन १ गते सम्म लम्बाइएको छ । थप खुकुलो पार्दै निषेधाज्ञा १० दिनका लागि थप गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मंगलबार एक आदेश जारी गर्दै निषेधाज्ञा थपिएको उल्लेख छ ।


थप गरिएको निषेधाज्ञा सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर हटाइएको छ । त्यस्तै व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
होटल, रेष्टसरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।




















