खाेज्नुहाेस

दार्चुलामा सुन्तला जोन कार्यक्रम लागु गरिने

Image

दार्चुला – दार्चुलामा सुन्तला जोन कार्यक्रम लागु गरिने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत जिल्लामा आगामी आर्थिक २०७८/०७९ मा ‘सुन्तला जोन’ कार्यक्रम सुरु गरिने भएको हो ।

attariya hospital

जिल्लाका करिब ५० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफुल उत्पादन हुने भएपछि कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका निमित्त कार्यालय प्रमुख विष्णुप्रसाद ओझाले बताए ।

navjiwan hospital

गत पौष २८ गते जिल्ला परियोजना समन्वय समितिको बैठकले जिल्लामा फलफुल जोन स्थापनाका लागी गरेको माग अनुसार आगामी आर्थिक वर्षबाट सुन्तला जोन कार्यक्रम संञ्चालनमा ल्याइने उनले बताए ।

यहाँका हिमाली क्षेत्रमा हुने सुन्तलाको उत्पादनलाई वृद्धि गरी व्यवसायीकरण गराउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउदै उनले
परियोजनाका लागि प्रारम्भिक चरणको कार्यक्रम जिल्लामा आइपुगेको बताए ।

यसका लागि विहिबार मात्रै जिल्ला परियोजना समन्वय समितिको बैठकले सुन्तला उत्पादन हुने क्षेत्रहरुको क्षेत्र निर्धारण गरिसकेको जनाएको छ ।

जस अनुसार जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १, ३ र ६ मा सुन्तुला जोन कार्यक्रम लागु हुने छ भने दुहुँ गाउँपालिका वडा नम्बर १, ३ र ४ पनि कार्यक्रम लागु हुनेछ ।

यस्तै मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ४, ५ र ८, लेकम गाउँपालिकाको ४ र ५ तथा व्यासँ गाउँपालिकाको ६ नम्बर वडामा कार्यक्रम लागु हुने जनाईएको छ ।