खाेज्नुहाेस

कैलालीमा ८ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

Image
ai निर्मित सांकेतिक फोटा

अत्तरिया – कैलालीको मोहन्याल गाउँपालिकाबाट ८ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ फल्लेबिसैना डुडुआमा बस्ने ६० वर्षीय लालबहादुर विश्वकर्मालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले शंका लागेर विश्वकर्माको घरमा चेकजाँच गर्दा भरुवा बन्दुक तथा बन्दुक बनाउन प्रयोग हुने सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

प्रहरीले उनको घरबाट भरुवा बन्दुकका नाल (पाइप) ८ थान, पुरानो भरुवा बन्दुकको बट १ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने रेती, हथौडा तथा छिनालगायतका औजार ६ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए ।

पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।