खाेज्नुहाेस

कञ्चनपुरमा १६ लाखका अवैध पटाका बरामद

Image

अत्तरिया – कञ्चनपुरमा ठूलो परिमाणमा अवैध पटाका बरामद गरिएको छ। जिल्लाको बेदकोट नगरपालिका – ७ गाउजी क्षेत्रबाट लुकाई छिपाई राखिएको अवस्थामा १६ लाख ८७ हजार मूल्य बराबरको अवैध पटाका प्रहरीले बरामद गरेको हो।

navjiwan hospital

​विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार उक्त पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

attariya hospital

​विभिन्न प्रकारका अवैध पटाका बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिएका छन्।