धनगढी – मंगलबार राति भारतको उत्तराखण्डमा भूकम्प गएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिममा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार भारतको उत्तराखण्ड आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति १०:३८ बजे ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर टाढा रहेको छ ।

केन्द्रका अनुसार सुदूरपश्चिम क्षेत्रमा उक्त भूकम्पको धक्का महसुस गरिएको छ ।

















