कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा बेदकोट नगरपालिका–५ बस्ने २४ वर्षीय विक्रम बमको मृत्यु भएको हो ।

सोमवार महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिदा बम गम्भीर घाइते भएका थिए ।
घाइते बमलाई उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
















