अत्तरिया – कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका ८४ हजार रुपैयाँभन्दा बढीका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

कैलालीका विभिन्न स्थानबाट शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा २७ हजार २५० रुपैयाँ बराबरका सुर्ती, गाडीका विभिन्न पार्टपुर्जालगायतका सामान बरामद गरेको हो।

यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ५६ हजार ९०० रुपैयाँ बराबरका चिनी, पेय पदार्थ, बिडी, खाने तेललगायतका सामान बरामद गरेको जनाएको छ।
दुवै जिल्लामा बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको छ।

















