खाेज्नुहाेस

गोदावरीको नवदुर्गा भगवती मन्दिरमा शारदीय नवरात्रा दुर्गा पूजा गरिने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुर, अत्तरियामा रहेको नवदुर्गा भगवती मन्दिरमा यस वर्षको शारदीय नवरात्रा दुर्गा पूजा एवम् राम कथा, रामलीला, शृङ्गारिक महाआरती–२०८३ आयोजना गरिने भएको छ । नवदुर्गा भगवती मन्दिर समितिको आयोजनामा असोज २५ गतेदेखि असोज ३१ गतेसम्म महाआरती आयोजना गर्न लागिएको हो ।

शनिवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मूल आयोजक समितिका संयोजक उत्तम महराले उनले शारदीय नवरात्रा दुर्गा पूजा अन्तरगत असोज २५ गने बिहान उद्घाटन गरिने बताए ।

attariya hospital
navjiwan hospital

उनले ७ दिन हुने कार्यक्रममा दैनिक बिहान ७ बजे देखि ११ बजे सम्म दुर्गा सप्तमी पाठ पूजा रचना, १०८ शालिग्राम परिक्रममा, दिउँसो १ बजे देखि ४ बजे सम्म कथाबाचन, राष्ट्रिय कलाकारद्वारा भजनकिर्तन तथा दिव्य झाकी, आरती पुष्पाञ्जली तथा प्रसाद वितरण हुने बताए । उनले साँझ साढे ७ बजे देखि राती साढे १० बजे सम्म रात्रिकालीन देवी चर्चा, राम कथा प्रवचन, भजनकिर्तन हुने बताए । कार्यक्रममा एक दिनको आरतीकर्ता बन्न ३१ सय, ब्राह्मण भोजन गर्न ५१ सय रुपैयाँ तोकिएको उनले बताए ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा रहेका गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल दत्त भट्टले शारदीय नवरात्रा दुर्गा पूजाले युवा पुस्तालाई धर्मको संरक्षणमा लाग्न प्रेरित गर्ने बताए ।

‘अहिलेको अवस्थामा हाम्रा रीतिरिवाज भाषा संस्कृति कला भेसभुसा हराउँदै गएका छन् । नयाँ पीडित त यो सँग सम्बन्धित नै छैन भन्दा पनि भयो । हामी पुरानो पीडित बिर्सिँदै गएका छौ भने नयाँ पीडित त कुनै पनि संलग्नता छैन’ उनले भने ‘अहिलेको पिँडी विसङ्गति, दुव्यसनी लागेर ज्यु जानको नष्ट गर्ने अवस्थामा छ । गोदावरीमै मै हरेक दिन लागु औषधका घटना देखिन्छन् । त्यसका लागि यो धार्मिक कार्यक्रमबाट त्यस्ता युवाहरूलाई समेटेर अघि बढ्न सकिन्छ ।’

उनले यो काम एक जनाको जिम्मामा नराखेर सबैले मिलेर गर्न आवश्यक रहेको बताए । उनले यस कार्यक्रममा व्यक्तिगत र वडाबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाए ।