खाेज्नुहाेस

कृष्णपुरको बैजनाथ बाल क्लबको वार्षिक समीक्षा

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा रहेको बैजनाथ बाल क्लबको वार्षिक प्रगति समीक्षा गरिएको छ । शनिवार क्लबका अध्यक्ष वासुदेव पाण्डेयको सभाध्यक्षयतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर १ का वडाध्यक्ष मोहन बहादुर बस्नेत, विशिष्ट अतिथि कार्यपालिका सदस्य तथा वडा सदस्य रत्ना देवी बोहरा, त्यस्तै अतिथिमा अस्थायी प्रहरी पोस्ट पहरियाका प्रमुख भवानीदत्त भट्ट, एनएनएसब्लुएका सामाजिक परिचालक कलावती चौधरी लगायतको सहभागिता रहेको थियो ।

वडा कार्यालयमा आयोजित समीक्षा कार्यक्रम बाल क्लबका अध्यक्ष पाण्डेयले एक वर्षका गतिविधि प्रस्तुत गरेका थिए । जसअन्तर्गत उनले वर्षभरिमा बाल क्लबले बाल दिवसको अवसरमा बक्तित्वकला प्रतियोगिता गरेको, १० वटा टोल स्तरीय बाल क्लबहरु गठन गरेको, वडामा छाउपडी गोठ भत्काउनका लागि क्लबबाट सहभागिता जनाएको, सरसफाइ कार्यक्रम आयोजना गरेको, लागू औषध सम्बन्धी ¥याली निकालेको, अनाथ बालबालिकालाई खाद्य सामग्री वितरण गरेको बताए ।

attariya hospital
navjiwan hospital

यस्तै बाल विवाह सम्बन्धी अन्तरक्रिया गरेको, बाल हिंसा, बाल अधिकारका विषयमा अन्तरक्रिया गरेको, विभिन्न ठाउँमा वृक्षारोपण गरेको, विभिन्न बाल क्लबहरू बिच भेटघाट अन्तरक्रिया जस्ता कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रम सञ्चालक बाल क्लबका कोषाध्यक्ष विशाल चौधरीले गरेका थिए ।