खाेज्नुहाेस

दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बेलौरीमा सडक किनारका झाडी सफाइ गरिए

Image

बेलौरी – कञ्चनपुरको बेलौरीमा सडक दुर्घटनालाई मध्यनजर गर्दै किनारका झाडीहरू सरसफाइ गरिएको छ । शनिवार बिहान बेलौरी नगरपालिका – १० भुडामा स्थानीय जनप्रतिनिधि, सीमा सहजीकरण समिति, स्थानीय सहित सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रहरीको संयुक्त टोलीले सडक किनारका झाडीहरू सरसफाइ गरिएको हो ।

भुडा चौराहा देखि दुखी चौराहासम्मको करिब १ किलोमिटर सडक किनारमा रहेका झाडी, बोटबिरुवाहरू हटाइएर सडक सफाइ गरिएको बेलौरी नगरपालिका – १० का वडा अध्यक्ष सोमलाल चौधरीले बताए । उनका अनुसार त्यसअघि सडक किनार झाडी बोट बिरुवाले गर्दा ओहोरदोहोर गर्दा समस्या हुने सँगै दुर्घटनाको जोखिम समेत रहेको थियो ।

attariya hospital

navjiwan hospital

वडाध्यक्ष चौधरीले घर अगाडि बोटबिरुवा, झाडी आफै सफा गर्नुपर्ने सँगै गाई गोरु बाँधेर सडक साँघुरो र बिगार्ने काम नगर्न सबै वडाबासीलाई आग्रह समेत गरेका छन् ।

सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीको बिओपी भुडा र प्रहरी चौकी भुडाबाट प्रमुख सहित टोली आएको थियो । सीमा सहजीकरण समितिले महिनाको एक पटक बैठक बस्ने गरेको छ । जसमा सीमा क्षेत्रमा हुने समस्या र सीमावर्ती गाउँ टोलमा गर्नुपर्ने सामाजिक कामबारे छलफल गरिन्छ । सोही अनुसार अघिल्लो बैठकमा हप्ताको प्रत्येक शनिवार सरसफाइ सँगै अन्य सामाजिक काम गर्ने भएको निर्णय अनुसार सरसफाइ गरिएको हो ।