खाेज्नुहाेस

माइतीघर बस्दै आएकी बेलौरीकी सुनिता ३ दिनदेखि सम्पर्क विहीन, २ वर्षीय छाेराेकाे बिचल्ली

Image

बेलौरी – कञ्चनपुरको बेलौरीकी एक महिला ३ दिनदेखि सम्पर्क विहीन भएकी छिन । बिहीबार बिहानबाट बेलौरी नगरपालिका १० भुडा बस्दै आएकी २१ बर्सिया सुनिता विक परिवारबाट सम्पर्क विहीन भएकी हुन ।

माइतीघरमा बस्दै आएकी सुनिताको बिहीबार बिहान सामान्य विवाद भएको थियो । परिवारका अनुसार विवाद हुँदा उनका भाइले हप्काएका थिए । सामान्य विवाद भएपछि सुनिताले २/३ वर्षीय छाेराे छोडेर सम्पर्कविहीन भएकी हुन ।

attariya hospital
navjiwan hospital

बेलडाडी, पुर्नवास लगायत आफन्तहरू कहाँ सोधी खोजी गर्दा समेत कहीँ फेला नपरेपछि माइती परिवारले खोजी गरिदिन भन्दै प्रहरी चौकी भुडालाई जानकारी गराएका छन् ।

शुक्रवार दिउँसो घरनजिकको उखुबारीमा रहेको आशङ्का गरिए पनि प्रहरी सँगै परिवारले खोजी गर्दा उनी नभेटिएको भाइ लोकेश विकले बताए । ३ दिन भइसक्दा समेत उनी सम्पर्कमा नआउँदा परिवार चिन्तामा छ भने बालकले आमालाई खोज्दै रोई कराइ गरिरहेको छ । भाइका अनुसार सुनिताले शुक्रवार राती भिनाजुलाई स्टिकर मेसेज पठाएका थिए । तर केही बेरमै अनसेन्ड गरेकी थिइन ।

सुनिताको बिहे भएको ६ वर्षभन्दा बढी भइसकेको छ । उनी बिहेपछि माइतीमा बस्दै आएकी थिइन । उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् ।